एसीसी प्रिमियर कपका लागि नेपालको अन्तिम टोली घोषणा, को-को परे ? 

 काठमाण्डौँ - ५ वैशाखदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ । 

रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पिक स्थान बनाएका श्याम मौसम ढकालको स्थानमा किशोर महतो आएका छन् । देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल प्राम्भिक टोलीम रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् ।

एसीसी प्रिमियर कपमा एसियाका टेष्ट खेल्ने बाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।