इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ - इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । 

यो खेल वाङ्खेडे मैदानमा दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ ।  दोस्रो खेलमा गुजरात टाइटान्स र राजस्थान रोयल्स खेल्नेछन् । यो खेल अहमदाबादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ ।  यी खेलबाट अंक तालिका समीकरण बदलिनेछ ।