नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ? 

 काडमाडौँ - नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैशाख ३ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४।७५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश अब नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।