गोकुल बाँस्कोटाले गरे माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक हुने सनसनीपूर्ण खुलासा

काठमाडौँ ।  नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले केही दिनमै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक हुने सनसनीपूर्ण खुलासा गरेका छन् ।

बाँस्कोटाले नेकपा नाम भएका सबै पार्टी बिजुली गतिमा एक हुने देखिएको टिप्पणी गरेका छन् । बाँस्कोटा विभिन्न राजनीतिक विषयमा आफ्नो धारणा राखिरहने नेताभित्र पर्छन् । 
उनले फेशबुकमा लेखेका छन् । ‘नेकपा नाम भएका जति सबै पार्टी विजुली गतिमा फेरि एक होलान जस्तो दोखियो।र,यो बोटबिरुवामा पालुवा पलाउने समय हो।केही दिममै माओवादी र एस पनि एकितृत हुन सक्ने प्रबल संभावना !!’