काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठक शुक्रबार बिहान ९ बजेबाट बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा बिहीबार बसेको बैठकमा आएका प्रस्तावमाथि छलफल हुनेछ । महासमिति बैठकमा प्रस्तुत गरिने तिनै प्रस्तावमाथि आज केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन् भने छलफलबाट आउने निष्कर्षहरु महासमिति बैठकमा पेश गरिनेछ ।

बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए ।

बिहीबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी  भएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका पार्टीका नेता मिनबहादुर विश्वकर्माले बताए ।