दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

 काठमाडौँ - सर्वोच्च अदालतमा  दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम विजया दशमी र त्यो अवधिमा पर्ने शनिबार दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ ।

सर्वोच्च अदालतले सूचना जारी गर्दै दसैं अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ हुने जानकारी गराएको हो । सर्वोच्च प्रशासनका अनुसार घटनास्थपनादेखि कोजागत पूर्णिमाका दिनसम्म अदालत बन्द हुनेछ ।  सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि फैसला गर्ने न्यायाधीशहरूको सूची समेतसार्वजनिक गरेको छ ।