नयाँ दिल्लीमा माधव नेपाल र इश्वर पोखरेलबीच भेटवार्ता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यतिबेला नयाँ दिल्लीमा छन् ।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन भएपछि उनको अन्तिम श्रद्धाञ्जलीको लागि उनी दिल्ली पुगेका हुन् ।

येचुरीको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि नयाँ दिल्ली गएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा माधव र इश्वरबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच हार्दिकतापूर्ण सम्बन्ध देखिएको दूतावासको सो भेटमा सहभागी एक नेताले जानकारी दिए । उनीहरु सँगै स्वदेश फर्किने तयारी गरेको बुझिएको छ ।