काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने

काठमाडौं - ललितपुर र काठमाडौंका विभिन्न स्थामा आज (शुक्रबार) देखि लगातार तीन दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।

स्यूचाटार–टेकु, स्यूचाटार–पाटन तथा स्यूचाटार–केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गरिने भएकाले शुक्रबार बिहानदेखि सोमबार बिहानसम्मै विभिन्न स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।