बञ्चरेडाँडाका स्थानीयले तत्कालका लागि काठमाडौंको फोहोर फाल्न नरोक्ने 

 काठमाडौँ - नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले तत्कालका लागि काठमाडौंको फोहोर फाल्न नरोक्ने भएका छन् ।
यसअघि स्थानीयले असोज १ गतेबाट ल्याण्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने निर्णय गरेका थिए । उनीहरूले सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै फोहोर फाल्न रोक लगाउने बताएका थिए ।

तर सरकारले पत्र पठाउँदै स्थानीयको माग सम्बोधन गर्ने क्रममा रहेको जानकारी गराएपछि स्थानीयहरू पछि हटेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले पत्र पठाउँदै स्थानीयबासीको माग सम्बोधन भइरहेको जानकारी गराएएका थिए ।

स्थानीयले रचनात्मक आन्दोलनलाई भने जारी राख्ने भएका छन् ।
आफ्ना मागहरू पूर्ण रूपमा कार्यान्वयन नहुँदा सम्म शान्तिपूर्ण रूपमा रचनात्मक जारी रहने स्थानीयले बताएका हुन् ।