ताप्लेजुङको फक्ताङलुङमा पहिरोले दुई घर बगायो

काठमाडौँ । ताप्लेजुङमा पहिरोले दुई घर बगाएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं(६ सेकाथुम नजिकैको गौथली भिरबाट आएको पहिरोले दुई घर बगाएको हो ।

पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाको पसल, घर र नजिकैको अलैंची बगानमा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताए ।

होटेल सञ्चालक समेत रहेका शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

 बुधबार साँझदेखि अविरल पानी परेको र गएराति करिब २ बजेपछि पहिराले दुई घर बगाएको छ ।