नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाई  !

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीउ प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् ।

उनले भनेका छन्, ‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु ।’