सुन तस्करी आरोपमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ - पूर्व सभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरिएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

उच्चस्तरीय छानबिन आयोगले हिजो मात्र गृहमन्त्रीलाई यो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफरिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

महरा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हुन् । आजै मात्र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमला दाहालले गृहमन्त्री रवि लामिछानेलाई भेटेर प्रतिवेदनले सिफरिस गरेका कारवाहीलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।