माओवादी केन्द्रको विधानले पायो अन्तिम रूप 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विधानलाई अन्तिम रूप दिएको छ ।

विधान अधिवेशनबाट पारित भएको विधानलाई स्थायी कमिटीबाट परिमार्जनसिहत पारित गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रूप दिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, विहंगम रूपमा समृद्ध बनाई अन्तिम रूप दिएको बताए। उनले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताए।

उनले बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यताबाट दिएको राजीनामा स्वीकृत गरेको पनि जानकारी दिए।