'सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित भयो' : एमाले

काठमाडौँ - नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा संसदमा दिइएको दबाब र अवरोध सही साबित भएको बताएको छ ।

पूर्व न्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन आयोगले सीआईबीको अनुसन्धानमा गम्भीर लापरवाही देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न त्यसबेला आफूहरूले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको बताए ।