जनताले अनुभूति गर्ने र सबैले देख्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताले अनुभूति गर्ने र सबैले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयअन्तर्गतका सुरक्षा अधिकारीहरूलाई बिहीबार एकैसाथ भर्चुअल संवादमार्फत् गृहमन्त्री लामिछानेले विशेष गरी अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य र फरार अपराधी पक्राउ गर्ने काममा रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।