लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिसँग आज पुनः वार्ता हुँदै 

काठमाडौँ - आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिसँग आज पुनः वार्ता हुँदै छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेको हो । 

यस अघि बिहीबार भएको वार्तामा आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको थियो । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल भएको छ । 

मन्त्रालयद्वारा गठित वार्ता समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरेपनि लघुवित्त पीडितहरुले आज शुक्रबारसम्मको समय मागेपछि विहिबारको छलफल सकिएको थियो । द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयास बारे जानकारी गराईको थियो ।