चुनाव अघि ‘प्रि इलेक्सन एलाइन्स’ नगर्न महामन्त्री थापाको प्रस्ताव 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अघि ‘प्रि इलेक्सन एलाइन्स’ नगर्न प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा सांगठानिक प्रतिवेदन पेश गर्दै चुनावअघिको गठबन्धन ‘प्रि इलेक्सन एलाइन्स’ गर्न नहुने उल्लेख गरेका हुन् ।

उनले यसअघि गठबन्धन गरेर निर्वाचनमा जाँदा र पार्टीको आफ्नै उम्मेदवार नहुँदा सांगठनभित्र आकाङ्क्षीको व्यवस्थापन कठिन भएको उदाहरण पेश गर्दै पार्टीभित्रको ऊर्जामा समेत गिरावट आएको जनाएका छन् ।

२०७४ बाट २०७९ को आम चुनावसम्म पुग्दा प्रतिनिधिसभा चुनावमा कांग्रेसको लोकप्रिय मतमा ७ प्रतिशतले ह्रास आएको थापाले बताए । 

उनले यही कुरा सातै प्रदेशसभा चुनावको मतका आधारमा हेर्ने हो भने पार्टीको लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको जनाएका छन् ।