आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ-  हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधबार राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको  महाशाखाले जनाएको छ ।