माओवादीको विधान सम्मेलन आज सकिदै

काठमाडौँ - तीन दिनदेखि जारी माओवादी केन्द्रको विधान सम्मेलन आज सकिदै छ । समूहगत छलफलको निश्कर्षलाई अन्तिरुप दिएसँगै आज सम्मेलन सकिने भएको हो ।

विहान ११ बजेदेखि शुरु हुने वैठकमा समूहगत छलफलका सुझावहरु पेश गर्ने क्रम सकेपछि आजै विधान सम्मेलन अन्त्य गर्ने माओवादीले जनाएको छ । सम्मेलनमा समुहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम जारी छ । बुधबार १३ वटा समुहले निष्कर्ष प्रस्तुत गरेका थिए भने आज सात वटा समूहले निष्कर्ष प्रस्तुत गर्ने कार्यसूची छ । समूहका प्रमुखले पार्टीको नाम र चुनाव चिन्ह फेर्नु पर्ने प्रस्ताव गरेका छन् ।

कतिपयले भने पाटीई अध्यक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएर बाम गठबन्धनको सरकार बनाउन सुझाव दिएका छन् । अधिकांसले पार्टी कार्यसमिति चुस्त र छरितो बनाउन सुझाव दिएका छन् ।