एमाले सचिवालयको बैठक आज दिउँसो बस्दै

काठमाण्डौँ - नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । बैठक आज दिउँसो तीन बजे बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । उनका अनुसार आज बस्ने बैठकले केन्द्रीय कमिटीको मिति तय गर्नेछ ।

केन्द्रीय कमिटीको बैठकको मिति तय गर्न बुधबार पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठकसमेत बसेको थियो ।

केन्द्रीय कार्यालयले सचिवालय बैठकको प्स्तावसमेत तय गर्छ ।