कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाकै सनाखत {नामसहित}

काठमाण्डौँ -कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

त्यस्तै भीमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने बिमला देवी भट्टको पहिचान खुलेको छ ।