मौसम : आज र भोली सामान्य बर्षाको सम्भावना, हिमाली क्षेत्रको अबस्था के छ ? 

काठमाडौँ - सोमवारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्नसक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रका १र२ स्थानमा आंशिक बदली भएर बाँकी स्थानको मौसम सफा रहनेछ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि पश्चिमी वायुको प्रभाव अलि बढी हुने भएकाले सामान्य वर्षाको सम्भावना रहेको छ । 

वर्षा भए पनि १० मिलिमिटरभन्दा थोरै नै पानी पर्ने उनको भनाइ छ । सोमवार रातिदेखि गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका १र२ स्थानमा सामान्य वर्षा तथा देशका उच्चपहाडी तथा हिमाली भूभागका १र२ स्थानमा हलुका हिमपातको सम्भावना छ ।

मंगलवार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका केही ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका १र२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । उनका अनुसार तराईमा लागिरहेको हुस्सुसमेत भोलिदेखि हट्दै जानेछ ।