रास्वपाको वडा अधिवेशन आजदेखि सुरु

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

रास्वपाले भरतपुर महानगरपालिका ११, जितपुर सिमरा उपमहानगरपालिका २, पोखरा उपमहानगरपालिका १०, बुटवल उपमहानगरपालिका १३, इटहरी उपमहानगरपालिका २०, भेरीगंगा नगरपालिका ६ र टीकापुर नगरपालिका १ मा आज वडा अधिवेशन गर्दैछ ।