धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार !

काठमाडौँ - एमाले संकल्प यात्रामा रहेका अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार भएको छ । आज भोजपुरबाट धनकुटा प्रवेश गरेका ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा रहेका एक जनाले मध्याह्न करिब १२ बजेतिर मुक्का प्रहार गरेका हुन् ।

महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीलाई स्थानीय महेश राईले मुक्का हानेका हुन् । मुक्का हान्ने राईलाई सुरक्षाकर्मी र अन्य व्यक्तिहरुले समातेका थिए । उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । मुक्का हान्नुको कारण भने खुलेको छैन ।