डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु, सेना प्रमुख टर्की भ्रमणमा

 काठमाण्डौँ - सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ । 

दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, ‘दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ। स्रोतले सुरक्षाको कारण देखाउँदै नाम नखुलाउन आग्रह गरेको थियो। ’

सुडानको दोस्रो ठूलो सहरमा गत महिना युद्ध चर्किएपछि दुई वटा बजारमा हवाई आक्रमण भएको र सर्वसाधारण हताहत भएको प्रत्यक्षदर्शीले यसअघि बताएका थिए ।

सुडानको एक चौथाई जनसङ्ख्या रहेको डार्फरको विशाल क्षेत्र बुरहानका पूर्व डेपुटी मोहम्मद हमदान डाग्लोको नेतृत्वमा नियमित सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफ बीच भएको पाँच महिना लामो युद्धमा हजारौं मानि मारिएका छन् भने लाखौं विस्थापित बनेका छन् । सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ देखि अहिलेसम्म करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।