आजको मौसम : देशभर वर्षाकाे सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

काठमाडौँ - मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बंगालको खाडीबाट आइरहेको जल बास्पयुक्त हावाको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।