सप्तकोशीमा अत्यधिक बहाव, ५६ वटै ढोका खोलियो

 राजविराज - निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएको छ । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । सोमबार बिहान ८ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।

पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बिहानबाट पानीको सतह केही घट्न थालेको छ ।