प्रतिनिधि सभाको बैठक सर्यो, सोमबार दिउँसो ४ बजे बस्ने

काठमाडौँ । सोमबार (भोलि) दिउँसो ४ बजे बस्नेगरि प्रतिनिधि सभाको बैठक सरेको छ । यसअघि भोलि १ बजे बस्नेगरि तय भएको बैठक सरेको हो ।

आज एक सूचना जारी गर्दै संसद सचिवालयले विषेश कारणबस बैठक सारिएको जनाएको छ ।

यसअघि आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने भनिएको थियो ।

संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको थियो ।