झापाको शिवसताक्षीमा दुई नावालक छोरासहित आमा मृत फेला  

काठमाडौँ । झापाको शिवसताक्षीमा एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन्।

शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलस्थित सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन्।

अन्जली झुन्डिएको अवस्थामा फेला परेकी हुन्। आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अन्जलीका पति सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।