राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन्।

मुटुमा समस्या देखा परेपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन्। सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।