मोरङमा गोली चल्यो, लागुऔषध कारोबारी नियन्त्रण !

 काठमाण्डौँ - प्रहरीले मोरङको रतुवामाई नगरपालिका ६ मा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको छ ।​
लागुऔषध नियन्त्रण ब्यूरोले दुई राउण्ड गोली प्रहार गरेर भारतको बिहार किसनगन्ज बस्ने भारतीय नागरिक ४८ वर्षीय भगीरथ हरिजनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले हरिजनको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार प्रहरीको गोली लगौर हरिजनको दाहिने खुट्टामा चोट लागेको छ ।
घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक नवीन शाही सामान्य घाइते भएका छन् ।