माध्यमिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान

काठमाडौँ - माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सका लागि आवेदन आह्वान गरिएको छ ।

शिक्षक सेवा आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै लाइसेन्सका लागि आवेदन आह्वान गरेको हो ।

आयोगले योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन दिन भनेको छ ।