प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी

 काठमाडौँ - प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

आइतबार बिहान १० बजेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न उच्च तहका नेता र कर्मचारी अनुसन्धानको दायरामा तानिएपछि शीर्ष नेताहरु आन्तरिक छलफल तीव्र बनाएका छन् ।

जारी भेटवार्तामा संसदमा रहेको टीआरसी विधेयक, संवैधानिक परिषदको विधेयक र नागरिकता विधेयकबारे दलहरुबीच छलफल भइरहेको बताइएको छ।