प्रमुख प्रशासकीय अधिकृत कार्यपालिका बैठकमै कुटिए !

धनगढी - डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिकाका सदस्यहरुले कुटपिट गरेको बताइएको छ । कार्यपालिकामा रहेका नेकपा माओवादी केन्द्रका सदस्यहरुले कुटपिट गरेको स्थानियले बताएका छन् । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

कार्यपालिकाका एक सदस्यका अनुसार आज बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाकिएको थियो । कार्यपालिकाका माओवादी निकट सदस्यहरुले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेका हुन् ।