गृहमन्त्री रवि लामिछाने र दिपेश पुनलाई कारबाहीको माग कस्ले उठायो ? 

काठमाडौँ - प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग उठेको छ ।

कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गरेका हुन् । उनले भने, ‘सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ । यदी, यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ । त्यसप्रति निराश हुनेछन् । र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’