देशभरका सहकारी पीडितहरुको आज काठमाडौंमा प्रदर्शन

 काठमाडौँ - सहकारी पीडितहरुले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दैछन । उनीहरुले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर भृकृटी मण्डपमा एकीकृत सभा गर्ने जनानकारी दिएका छन् । सरकारी पीडितहरुले काठमाडौं उपत्यकाको सवारी आवागमन अवरुद्ध हुनसक्ने जानकारी पहिलेनै गराएको बताएका छन् । 

काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका हुन् । उनीहरु देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका थिए । पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर सभा गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।