सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुत्रलाई कारबाही गर्न सांसद यादवको माग

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् ।

उनले भने, “यो देश तस्करीहरूको देश नबनोस् । यो देश भ्रष्टाचारीहरूको देश नबनोस् । यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरूको देशको रूपमा परिचित नहोस्, “सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।”

उनले गर्मी मौसममा आगलागीका घटना हुने भन्दै त्यसप्रति समयमै सचेत भएर पूर्वतयारीमा लाग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।