धितोपत्र बोर्डको अध्यक्षका बन्न १९ जनाले दिए आवेदन, कसले मार्ला बाजी ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट बुधबारसम्म आवेदन माग गरेको थियो । जसमा १९ जना आवेदकन दर्ता भएको हो ।

अध्यक्षका लागि बोर्डका कार्यकारी दुई जना निर्देशक डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठले पनि आवेदन दिएका छन् । यस्तै, कृष्ण पोखरेलको पनि आवेदन परेको छ ।

यता, नेपाल बैंकका पूव प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, प्रविण पन्दाक, रघु काफ्ले, डा.केशब प्रसाद श्रेष्ठ लगायतको आवेदन परेको हो ।

बार्ड अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो ।

अब आवेदन दिएकाहरुमध्ये ५ जनाको नाम सर्ट लिस्टिङ् हुने छ । त्यसपछि समितिले अन्तवार्ता र प्रस्तुतीकरणका लागि बोलाएर त्यसकै आधारमा ३ जनाको नाम बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपषिदमा सिफारिस हुने छ । मन्त्रिपरिषदका सिफारिसमा बोर्डको नयाँ नियुक्ति हुने छ ।