लगानी सम्मेलन : सम्भाव्य क्षेत्र पहिल्याउन अर्को साता स्वीस मिसन नेपाल आउँदै

काठमाडौँ - आउँदो वैशाखमा हुने लगानी सम्मेलनमा स्विट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँगको शिष्टाचार भेटमा नेपालका लागि स्विस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्विट्जरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् ।

उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्विट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ ।