उपनिर्वाचनका लागि २० दल दर्ता, रास्वपा प्रतिनिधिसभामा मात्रै सहभागी हुने

 काठमाण्डौँ - आगामी वैशाख १५ हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा भाग लिन २० दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको दल दर्ता किताब अनुसार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिन २० दल दर्ता भएका छन् भने प्रदेश सभा उपनिर्वाचनमा भाग लिन १९ दल दर्ता भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्रै उम्मेदवारी दिने भएको हो ।

आयोगका अनुसार मंगोल नेसनल अर्गनाइजेसन, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, जनता समाजवादी पार्टी, बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीले दल दर्ता गरेका छन् ।