रसियामा अलपत्र नेपालीको उद्दारमा सरकार उदासिन रहेको सांसद  शाहीको आरोप 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद  ज्ञानेन्द्रबहादुर शाहीले रसियामा अलपत्र परेका नेपालीहरूको उद्दारमा सरकार उदासिन रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले युक्रेन युद्धमा फसेका नेपालीहरूको समयमै उद्धार नहुँदा देशमा सरकार नभएको अनुभूति भएको बताए।

राप्रपा प्रवक्ता समेत रहेका शाहीले शाहीले रसियामा फसेका पाँचजना नेपालीले नेपाल सरकारबाट उद्धार नभएपछि भारत सरकारलाई उद्दार गरिदिनुपर्‍यो भन्दै सहयोग माग्नु लज्जास्पद भएको बताए।

उनले विदेशमा युद्धमा फसेका आफ्ना नागरिकको उद्दार गर्न नसक्ने प्रधानमन्त्री पुष्मकल दाहाल ‘प्रचण्ड’ नागरिकप्रति संवेदनशील नभएको आरोप लगाए।