आजको मौसम : मुलुकभर आंशिक बदली, अधिकांस स्थानमा वर्षाको सम्भावना

काठमाडौँ - नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मुलुकभर आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बदली हुने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना छ । आज राती उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । पछिल्लो समय मुलुकका अधिकांस स्थानमा तापक्रम बढ्दै गएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ दशमलव ७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।