ललिता निवास प्रकरणमा फैसला आजै आउन सक्ने

काठमाडौँ - ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसला सम्भवतः आज सुनाइने भएको छ ।

गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसला सुनाउन लागिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधबार नै फैसला सुनाउने गरी तयारी भएको छ ।