राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सत्ता गठबन्धनको अपिल

 काठमाडौँ - सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।

गठबन्धनले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि  आफूहरूले राजनीतिक गठबन्धन निर्माण गरेको जिकिर पनि गरेको छ ।