अलपत्र आयोजनामा रास्वपाका २१ सांसद !

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अलपत्र विकास आयोजनाको पैदलयात्रा गरेर सरकारलाई दबाब दिने भएको छ । पार्टीको माघ ३ गते बस्ने केन्द्रीय समितिको बैठकले यसको विस्तृत कार्ययोजना पारित गर्ने पार्टी उपसभापति तथा सांसद डिपी अर्याल डोलप्रसादले जानकारी दिए ।
उनका अनुसार लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा छन् ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ८ ले आयोजना गरेको वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले यसको घोषणा गरेका थिए । रास्वपाले यसअघि पुस ९, १० र ११ गते नारायणघाट–बुटवल खण्डअन्तर्गत ११३ किलोमिटर सडकमा पैदलयात्रा गरेको थियो ।