न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन सर्वोच्च बाहिर आत्मदाहको प्रयास

काठमाडौँ । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आत्मदाहको प्रयास गरेकी छन् ।आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

 जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको थियो । आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।

पति गिरीले आफूलाई बन्धक बनाएर कुटपिट, यौनशोषण र हिंसा गरेको आरोप लगाउँदै पत्नी रावलले कानुनी कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमा जाहेरी दिएकी थिइन्।