अत्याधिक चिसो बढेपछि हुम्लाका विद्यालय बन्द

काठमाडौँ । अत्याधिक चिसो बढेको कारण हुम्लाका विद्यालयहरु बन्द गरिएको छ । हुम्लाका सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर आगामी फागुन २ गतेदेखि सञ्चालन गर्नेगरि विद्यालयलाई  बिदा दिएको हो ।

जिल्लाभरिका एक सय ५१ वटा विद्यालयहरुमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालयहरु छन् ।
जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने अझै भएको छैन ।