माओवादी विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने

काठमाडौँ - नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने भएको छ । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रतिनिधिको मापदण्ड तय गर्दै प्रतिनिधिको टुङ्गो लगाएको हो । बैठकले आगामी फागुन १–३ सम्म काठमाडौँको प्रज्ञाभवन कमलादीमा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिमा केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ नागरिक मञ्च, केन्द्रीय आयोगहरू, प्रदेशका पदाधिकारी, ७७ वटै जिल्लाका संयोजक, जनवर्गीय सङ्गठन केन्द्रका प्रमुखहरू सहभागी हुने सचिव गणेश साहले जानकारी दिए ।