राष्ट्रिय सभा उम्मेदवारले निर्वाचनमा कति खर्च गर्न पाउँछन् ? {विवरणसहित}

काठमाडौँ - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । 

एक सूचना जारी आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले तीन लाख पचास हजार मात्र खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो । ‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ १ सँग सम्बन्धित अनुसूची १ ले रु ३,५०,०००। अक्षेरेपी रू।तीन लाख पचास हजार मात्र सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ,’ आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

तोकिएको खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने पौडेलले बताए । 

त्यस्तै उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

साथै निर्वाचन सकिएपछि खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देशन समेत दिएको छ ।