सभामुखद्धारा पाण्डेयलाई महासचिवको जिम्मेवारी

काठमाडौँ - सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई संघीय संसदको महासचिवको जिम्मेवारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्ति गर्न गरिएको सिफारिस ‘पेन्डिङ’ मा राखेपछि सभामुख घिमिरेले आज उनलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् ।

सभामुखले घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेको सभामुख सचिवालयले जनाएको छ । 

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहँदा सम्पर्क नभएपछि जिम्मेवारी तोकेका हुन् ।